२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ६३ प्रतिशत बढेको छ ।
इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीकोे नाफा ६३ प्रतिशतले बढेर २३ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो ।
यस्तै, पुस मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ५९.७३ प्रतिशत बढेर ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
६ महिनाको अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ६२ करोड २६ लाख रुपैषँ दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ १ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ति कोष ३३ करोड १३ लाख रुपैयाँ र जीवन बीमा कोष ३० अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको नाफा नाफा बढेसँगै प्रतिसेयर आम्दानी ४.०२ रुपैयाँ बढेर १०.४१ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १६५.१५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५१.८७ गुणा छ ।
यस अवधिमा कम्पनीको कुल लगानी २९.२४ प्रतिशत बढेर ३३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij