२०८२ भाद्र २ गते सोमवार
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार आवेदनकाे अन्तिम दिन २ दर्जन बढी आवेदन परेका हुन्।
सञ्चार मन्त्रालयका सहप्रवक्ता विशाल सापकाेटाले २५ जनाबीचमा प्रतिस्पर्धा हुने नेपालखबरलाई जानकारी दिए। तत्कालीन अध्यक्ष पुरूषोत्तम खनालले राजीनामा दिएसँगै मन्त्रालयले रिक्त पदपूर्तिका लागि गत माघ १४ मा दरखास्त आह्वान गरेकाे थियाे।
आवेदन दिनेमा मैनेजर प्रसाद साह कानु,रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय, डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, भूपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनाल छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij