Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

 दमौली समाचार : रूखमाथि ‘घर’ बन्दै  

 दमौली समाचार : रूखमाथि ‘घर’ बन्दै  


  • 5.8K
    Shares

     दमौली समाचार : रूखमाथि ‘घर’ बन्दै  
    images

    तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण गरिएको हो ।     
         
     डिभिजन वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वनमा गत महिनाबाट हरियाली उद्यानको काम शुरु गरिएको थियो । साथै सोही उद्यानभित्र रहेको रूखमा घर निर्माण भइरहेको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।     
         
     उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल रु १५ लाखको लागतमा उद्यान निर्माणको काम भइरहेको रानाभाटले बताउनुभयो ।     
         
     पृथ्वीराजमार्गबाट २०० मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । “उक्त ठाउँलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हाँै”, उहाँले भन्नुभयो, “रूखमा नै घर जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।”     
         
     रानाभाटका अनुसार रूखलाई भित्र पारेर काठको घर निर्माण भइरहेको छ । हालसम्म ८० प्रतिशत काम सकिएको र चैतभित्रै सबै काम सम्पन्न हुनेछन् । उद्यानभित्र हाल ढुङ्गा बिछ्याउने काम भइरहेको छ भने बत्ती जडानको काम पनि शुरु गरिनेछ । “दुई स्टेप बस्न मिल्ने गरी घर बनिरहेको छ, पाँच÷सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ”, उहाँले भन्नुभयो ।     

     डिभिजन वन कार्यालयमार्फत गत आवमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।     
         
     चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछन् । सहायक वन अधिकृत अरुण पराजुलीले म्याग्देको ज्यानटाङसहित अन्य पाँचवटा उद्यान निर्माण गरिने जानकारी दिनुभयो । सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । त्यसका लागि वन कार्यालयले रु पाँच÷पाँच लाख बजेट विनियोजन गरेको छ ।     
         
     त्यसैगरी भीमाद–६ मा शहरी उद्यान निर्माण गर्नका लागि इष्टिमेट सम्पन्न भएको र सम्झौता हुन बाँकी छ । व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा पनि उद्यान निर्माणका लागि उपभोक्ता समितिसँग छलफल भएको छ । “उक्त ठाउँको स्थलगत अध्ययनपश्चात् उपभोक्ता समितिसँग सम्झौता गरेर काम अगाडि बढाउँछौँ”, सहायक वन अधिकृत पराजुलीले भन्नुभयो ।     

     व्यास नगरपालिका–१४ स्थित नयाँगाउँमा ‘एक घर ः एक धारा’ अभियानअन्तर्गत खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । खानेपानीको अभावमा समस्या भोगिरहेका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका हुन् ।     
         
     लामो समयदेखि खानेपानीको चरम अभाव खेप्न बाध्य यहाँका स्थानीयवासी घरमै जडान गरिएको धाराबाट खानेपानी आएपछि खुशी भएको नयाँगाउँ लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो । “विगत लामो समयदेखि यहाँका स्थानीयवासीले पानीको दुःख भोग्नुपरेको थियो, स्थानीय तहमा जनप्रतिनिधि आएपछि घरमै धारा जडान गर्ने लक्ष्य पूरा भएको छ”, थापाले भन्नुभयो ।     
         
     प्रत्येक घरमा खानेपानी सुविधा पु¥याउने उद्देश्यबमोजिम रु ३९ लाख ५० हजारको लागतमा खानेपानी योजना सम्पन्न भएकोवडा नं १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी योजनाबाट ५५ घरमा धारा जडान गरिएको छ । “गत स्थानीय तहको निर्वाचनमा होमिँदै गर्दा प्रत्येक घरमा खानेपानी पु¥याउँछु भनेर प्रतिबद्धता गरेको थिएँ”, श्रेष्ठले भन्नुभयो, “उक्त प्रतिबद्धता बिस्तारै पूरा हुँदै गएका छन् ।”     
         
     गत स्थानीय तहको निर्वाचन अगाडिसम्म यस वडाका १७५ घरधुरीमा मात्रै घरघरमा खानेपानी सुविधा पुगेको थियो । यस अवधिको कार्यकालमा उक्त वडाका छ सयभन्दा बढी घरधुरीमा खानेपानी सुविधा पुगिसकेको छ । नयाँ पानीको स्रोत खोज्नुभन्दा पनि भइरहेको स्रोतको पहिचान गरी प्रत्येक घरमा धारा जडान गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । यस अवधिमा ‘एक घर ः एक धारा’ अभियानमा करीब रु एक करोड ५० लाख बजेट खर्च भएको छ ।     
         
     वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त वडाको कुलुङका ७०, केशवटारका ४५ र छाब्दीका ६० घरधुरीमा यसअगाडि नै घरघरमा खानेपानी सुविधा पुगेको थियो । जनप्रतिनिधि आएपछि रुम्सीका ११३, ठिनका ७१, बेलभञ्ज्याङका ३६, सोधेरका ४५, हर्कपुरका ३६, मास्दीका ४९, कैजलेका ४० र रासीभञ्ज्याङका २४ घरधुरीमा खानेपानी सुविधा विस्तार भएको छ भने आँपटोलका ४० घरमा धारा जडानको काम भइरहेको छ ।     

    शुक्लागण्डकी नगरपालिकाको आयोजना र गाउँफर्कोदय मावि ढोरफिर्दीको व्यवस्थापनमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय प्रतियोगिताको उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले जितेको छ । आइबार सम्पन्न प्रतियोगितामा कूल २० पदक जित्दै दुलेगौडास्थित पञ्चमुनिदेव माविले रनिङशिल्डको उपाधि जितेको हो ।     
         
     पञ्चमुनिले १० स्वर्ण, तीन रजत र सात कास्य पदक प्राप्त गरेको छ । रनिङशिल्डसहित पञ्चमुनिले नगद रु १५ हजारका साथमा कप, मेडल र प्रमाणत्र प्राप्त गरेको छ । प्रतियोगितामा १३ पदक जित्दै गत वर्षको च्यम्पियन हंशवाहिनी मावि द्वितीय भएको छ । हंशवाहिनीले पाँच स्वर्ण, पाँच रजत र ती कास्य पदक प्राप्त गरेको छ ।     
         
     दुई स्वर्ण, सात रजत र तीन कास्य गरी कूल १२ पदक जितेको तालबेँसी मावि तृतीय भएको छ । द्वितीय र तृतीय विद्यालयले क्रमश ः रु ११ हजार २५० र रु सात हजार पाँच प्राप्त गरेको छ ।     
         
     विजेता विद्यार्थी तथा खेलाडीलाई नगर प्रमुख किसान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदी, नगर प्रवक्ता खिमबहादुर कुमाललगायतले पुरस्कार वितरण गर्नुभयो ।     
         
     प्रतियोगितामा कूल २७ विधामा खेल भएका थिए । शुक्रबार शुरु भएको प्रतियोगितामा यहाँका १९ सामुदायिक र निजी विद्यालयले सहभागिता जनाएका थिए । नगर क्षेत्रमा २७ माध्यमिक तहसम्म पढाइ हुने सामुदायिक तथा निजी विद्यालय छन् । गत वर्ष भएको दोस्रो राष्ट्रपति रनिङशिल्ड हंशवाहिनी माविले जितेको थियो । रासस   

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १३:००:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij