Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

गायक तथा अभिनेता कोसिस क्षेत्रीले गरे प्रेमिका सन्ध्यासँग विवाह

गायक तथा अभिनेता कोसिस क्षेत्रीले गरे प्रेमिका सन्ध्यासँग विवाह


  • 3.2K
    Shares

    गायक तथा अभिनेता कोसिस क्षेत्रीले गरे प्रेमिका सन्ध्यासँग विवाह
    images

    काठमाडौं । अभिनेता तथा गायक कोसिस क्षेत्रीले प्रेमिका सन्ध्या ढुंगानासँग विवाह गरेका छन् । हेटौंडा स्थायी घर भएका उनले माघ १७ गते लगनगाँठो कसेका हुन् ।

    एक वर्ष पहिले यो जोडीले इन्गेजमेन्ट गरेको थियो । परिवार र आफन्तको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् । उनीहरु आठ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

    सन्ध्याले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छन् । गायन हुँदै अभिनयमा प्रवेश गरेका कोसिसले ‘मोक्ष’ फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए । यस वर्ष उनी अभिनित ‘ऐंचोपैचो’ र ‘परस्त्री’ फिल्म रिलिज भए ।

    चाँडै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को जीवनीमा आधारित फिल्ममा पनि उनले अभिनय गर्ने चर्चा छ ।

    प्रकाशित मिति :माघ २१ २०८० आइतवार - १५:३६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij