Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत  

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत  


  • 5.4K
    Shares

    कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत  

    नेपाली कांग्रेसका सह–महामन्त्री डा। प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताउनुभयो ।     
         
     उहाँले भन्नुभयो, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।” उहाँले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाउनुभयो ।     
         
     उहाँले भन्नुभयो, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।” नेता महतले कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पार्नुभयो ।  रासस

       

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - ११:३४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij