Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुन तस्करीबारे सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ

सुन तस्करीबारे सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ


  • 2.0K
    Shares

    सुन तस्करीबारे सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरिएको छ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले एआईजी बज्राचार्यसँग सोधपुछ गरेको हो ।

    ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा उनीसँग सोधपुछ गरेको सुन समितिका एक सदस्यले बताएका छन् । समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ ।

    सरकारले सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

    तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरूसँग बयान लिइरहेको छ ।

    प्रकाशित मिति :माघ १७ २०८० बुधवार - १५:०६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij