Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नारायणहिटी दरबारमा राजारानीले हेर्ने सिनेमा हेर्न पाउने

नारायणहिटी दरबारमा राजारानीले हेर्ने सिनेमा हेर्न पाउने


  • 7.1K
    Shares

    नारायणहिटी दरबारमा राजारानीले हेर्ने सिनेमा हेर्न पाउने

    नारायणहिटी दरबार सङ्ग्रहालयमा  पुगेका  अवलोकनकर्ताहरूले  केही  समयपछि  तत्कालीन  राजपरिवारले  हेर्ने  गरेका  सिनेमा  तथा  डकुमेन्ट्री  हेर्न  पाउने  भएका छन् । नारायणहिटी  दरबारको  मूल  भवनमा  दशैँमा  टीका  थाप्ने  कक्षसँग  जोडिएको  सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै छ । दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा  हलप्रति  हुने  गरेको  छ  ।  त्यसैले  सो  हल  खुला  गरी  अवलोकनकर्ताका  लागि  सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार  सङ्ग्रहालय  विकास  समितिले तयारी थालको छ ।

    सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले सिनेमा  हलका  बारेमा  धेरैले  जिज्ञासा राख्ने गरेको सुनाउँदै भने, “अब छिट्टै सिनेमा हलका कुर्सीमा बसेर  तत्कालीन  राजारानीले  हेरेका  सिनेमा  हेर्न पाइनेछ ।” झण्डै २० वर्षसम्म ‘प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेको छ । रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका  कर्मचारीहरूले  मट्टीतेलले  सफा  गरिरहेका  छन्  भने  नेपाल  चलचित्र  संस्थानबाट अवकास पाइसकेका प्राविधिक भरतप्रसाद  नेपाल  रिललाई  सफा  गर्नेदेखि  अन्य मर्मतका कार्यमा व्यस्त छन् ।

    उनले २०२६ सालदेखिका डकुमेन्ट्री तथा केही नेपाली चलचित्रको  रिल  रहेको  बताउँदै  भने,  “धेरैजसो रिललाई यहीँ सफा गर्न सकिन्छ । कतिपयको  अवस्था  जीर्ण  भएकाले  भारतमा  पठाउनुपर्ने हुनसक्छ ।” दरबारको सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् । तिनलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन  सकिन्छ  ।  सङ्ग्रहालयका  कार्यकारी  निर्देशक दाहालले सकेसम्म आउँदो वैशाखबाट सिनेमा  प्रदर्शन  गर्ने  तयारी  गरिएको  बताउँदै  थपे,  “अवलोकनकर्ताहरूलाई  समय  तोकेर पालैपालो सिनेमा देखाइनेछ ।” तत्कालीन राजपरिवारका  सदस्य  एवं  शाही  नातेदारहरूले  प्रायः  शुक्रबार  सिनेमा  हेर्ने  गर्नुहुन्थ्यो । विदेशी सिनेमाहरू उपत्यकाका सिनेमा हलबाट रिल  राजपरिवारलाई  देखाइन्थ्यो । सिनेमामा ११६ वटा  सिट  छन्  ।  पाँचवटा  सोफा  राखिएका  छन्  । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - ०६:५५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij