Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

छैन स्वास्थ्यचौकीमा औषधि

छैन स्वास्थ्यचौकीमा औषधि


  • 8.3K
    Shares

    • images
    छैन स्वास्थ्यचौकीमा औषधि
    images

    कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा  सिटामोलसमेत अभाव भएको हो ।
     
    गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छाडेकाले औषधिको अभाव भएको स्वास्थ्यचौकीमा प्रमुख कमल बमले जानकारी दिनुभयो । “गाउँपालिकाले रु २० लाख बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु । यहाँ आइपुगेको छैन ”, उहाँले भन्नुभयो, “ सरकारले निःशुल्क दिने भनेको औषधिको पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता छ ।”

    मौसम परिर्वतन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्यचौकीका प्रमुख बमले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले स्वास्थ्यचौकीको अनुगमन गर्दा औषधि नभएको बताउनुभयो ।

    स्वास्थ्यचौकीबाट  ४० प्रकारका औषधि निःशुल्क वितरण हुने सरकारको नीति रहेको छ । निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किन्नुपरेको स्थानीय कालीबहादुर बमले बताउनुभयो । “हामीले निःशुल्क पाइने सिटामोल पनि किन्नुपरेको छ”, उहाँले भन्नुभयो, “निःशुल्क पाइने औषधिसमेत हामीले मेडिकलबाट किनेर खानुपर्ने बाध्यता छ ।” रासस

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - ११:४०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij