Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

देशभर ५३ जनामा संक्रमण पुष्टि, ७७ जना संक्रमणमुक्त

देशभर ५३ जनामा संक्रमण पुष्टि, ७७ जना संक्रमणमुक्त


  • 8.2K
    Shares

    देशभर ५३ जनामा संक्रमण पुष्टि,  ७७ जना संक्रमणमुक्त

    काठमाडौं । आइतवार देशभर ५३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा २ हजार ६ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएसंगै संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४७ जना क्वारेन्टाइनमा रहेको छन् । हालसम्म नेपालमा २२ लाख १५ हजार ४ सय ११ पीसीआर परीक्षण भएका छन् ।

    नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ । हाल देशभर ८ सय ९१ जना संक्रिय संक्रमित रहेको समेत बताइएको छ।

     

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १७:०३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij