Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सरकारी कार्यालयमा बम बिस्फोट : दुई कर्मचारी घाइते, भेटियो गोइत समूहको पर्चा

सरकारी कार्यालयमा बम बिस्फोट : दुई कर्मचारी घाइते, भेटियो गोइत समूहको पर्चा


  • 6.7K
    Shares

    सरकारी कार्यालयमा बम बिस्फोट : दुई कर्मचारी घाइते, भेटियो गोइत समूहको पर्चा

    सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट हुँदा घाइते हुनेको संख्या ७ जना पुगेको छ । घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्।

    प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।

    मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको डिआइजी सिंहले जानकारी दिए।

    उनका अनुसार बिस्फोटमा गम्भीर घाइते भएका सेवाग्राही दिनेशकुमार भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

    गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय भएका थिए। 

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १४:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij