२०८२ चैत्र १ गते आइतवार
सिरहाको लहान स्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका छन् ।
जसमध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।
घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको बताएका छन् ।
कार्यालयको मुख्य कागजात रहने कोठामा बम विस्फोट भएको स्थानीयले जनाएको छ । बम विस्फोटपछि कार्यालयबाट कर्मचारी र सेवाग्राही भागभाग भएको छ ।
बम कसले विस्फोट गराएको विषयमा केही खुल्न सकेका छैन । घटनाबारे विस्कृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij