२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा एनएमबी बैंकको नाफामा गिरावट आएको छ ।
बैंकले बिहिबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा २५.४५ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासमा १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गता, दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ भने खराब कर्जा बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब २६ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १२.३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाखमा झरेको छ ।
यस्तै, पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँबाट २७.९८ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ६७ लाख रुपैयाँमा झरेको छ भने बैंकको खराब कर्जा ०.६२ प्रतिशतले बढेर २.८६ प्रतिशत पुगेको छ ।
यस्तै खुद फी तथा कमिसन आम्दानीमा भने समान्य सुधार भएर ८२ करोड ९७ लाखबाट ८६ करोड ९० लाख पुगेको छ भने वितरणयोग्य नाफा २९ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले घटेर १४ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ छ । वितरणयोग्य नाफा भने ९९ करोड ४८ लाख ३० हजार रुपैयाँ ऋणात्मक छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij