२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले ४२ करोड रुपैयाँ भन्दा बढि खुद नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस अवधीसम्ममा बैंकले ४२ करोड १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक बर्ष २०७९/८० को तुलनामा ३२.९३ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
६ महिनाको अवधीमा बैंकको खुद नाफा घटेसंगै सञ्चालन नाफा पनि घटेको छ । बैंकको सञ्चालन नाफा पनि ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँमा आएको छ । यता, बैंकको खुद ब्याज आम्दानी भने २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, खराब कर्जा १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ । गत वर्ष ४४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ७८ करोड ६३ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८५ पैसाले घटेर ११ रुपैयाँ ९२ पैसामा सीमित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । वितरणयोग्य नाफा ३१ करोड ७२ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij