Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

कंगोमा ज्यान गुमाएका सुरेशको परिवारलाई एनआरएनएद्वारा साढे २६ लाख सहयोग

कंगोमा ज्यान गुमाएका सुरेशको परिवारलाई एनआरएनएद्वारा साढे २६ लाख सहयोग


  • 2.6K
    Shares

    कंगोमा ज्यान गुमाएका सुरेशको परिवारलाई एनआरएनएद्वारा साढे २६ लाख सहयोग
    images

    काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका– ६ का सुरेश सिल्लाको परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चार महिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर तथा आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले एनआरएन अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए ।

    परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो । एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए ।  एनआरएनए महासचिव गौरीराज जोशीका अनुसार हस्तान्तरण गरिएको रकममध्ये ४० प्रतिशत हिस्सा नाबालक छोराको लागि, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत बुवा÷आमाको खर्च भनेर सहयोग गरिएको हो ।

    प्रकाशित मिति :माघ ६ २०८० शनिवार - १९:३१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij