Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

चन्द्रागिरिमा नगर प्रहरी परिचालन


  • 1.7K
    Shares

    • images
    चन्द्रागिरिमा नगर प्रहरी परिचालन
    images

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलो पटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दर्ज्यानी चिह्न समेत प्रदान गरेको छ । तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

    सो अवसरमा उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गीको पनि उपस्थिति रहेको थियो । नगरपालिकाले नगर प्रहरीका लागि २५ पदमा आवेदन माग गरे पनि नगर प्रहरी प्रमुखबाहेक सबै पदपूर्ति भएको नगरप्रमुख गिरीले जानकारी दिए । नगर प्रहरी प्रमुखको परीक्षामा कोही उत्तीर्ण हुन नसकेपछि पुनः आवेदन खोलिने जनाइएको छ । अहिले नगर प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा टोली परिचालन हुने र नगर प्रहरीका लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गरिने नगरप्रमुख गिरीले बताए । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान माता तीर्थमा नगर प्रहरीलाई तालिम प्रदान गरिएको थियो ।

    तालिममा अग्नि नियन्त्रण, आपत्कालीन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक व्यवस्थापन, मानव अधिकार, ड्रिल, भूकम्प, हूल तथा दङ्गा व्यवस्थापनलगायतमा प्रशिक्षण दिइएको थियो ।

    प्रकाशित मिति :माघ ५ २०८० शुक्रवार - १०:५७:०६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij