Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख, अन्य सूचक कस्तो ? 

दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख, अन्य सूचक कस्तो ? 


  • 2.9K
    Shares

    दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंक लिमिटेडले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने माछापुच्छ्रे पहिलो वाणिज्य बैंकको हो।

    बैंकले सार्वजनिक गरेको उक्त विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक बर्ष २०७९/८० को दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१.४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    यता, बैंकको नाफा घटेसंगै खुद ब्याज आम्दानी पनि घटेको छ । समिक्षा अवधीसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७९ करोड रुपैयाँ थियो।

    यस्तै, बैंकले समीक्षा अवधिसम्म १ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १३.१९ प्रतिशतले घटेको छ।

    ६ महिनाको अवधीसम्ममा बैंकको खराब कर्जा अनुपात (एनपील) बढ्दा ब्याज आम्दानी घटेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल बढेर २.६२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.४१ प्रतिशत थियो।

    खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा २३ करोड ८५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष ३० करोड ४२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

    हाल चुक्तापुँजी ११ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार २३.२७ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ४१ करोड रुपैयाँ थियो।

    समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटे १३.८६ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ईपीएस १७.६४ रुपैयाँ थियो। पीई रेसियो १४.६५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :माघ ५ २०८० शुक्रवार - ०८:४९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij