Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अपहरण र सामूहिक बलात्कारको नाटक गर्ने यी किशोरीलाई प्रहरीले कब्जामा लियो 

अपहरण र सामूहिक बलात्कारको नाटक गर्ने यी किशोरीलाई प्रहरीले कब्जामा लियो 


  • 6.4K
    Shares

    अपहरण र सामूहिक बलात्कारको नाटक गर्ने यी किशोरीलाई प्रहरीले कब्जामा लियो 

    कञ्चनपुरमा अज्ञात समूहबाट आफू अपहरणमा परेको र सामूहिक बलात्कारको सिकार भएको भन्दै किशोरीले प्रहरीलाई झुटो बयान दिएको पुष्टि भएको छ ।

    पुनर्वास नगरपालिका-२ मोतिबस्ती बस्ने १४ वर्षीया किशोरीले आफूलाई अपहरण गरी सामुहिक बलात्कार गरिएको भन्दै परिवार तथा प्रहरीलाई झुक्याइन् ।

    उनले शुक्रवार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा मोटरसाइकलमा आएका ३ जना युवकहरूको समूहले अपहरण गरी अज्ञात स्थलमा लगेको र बलात्कार पछि मध्यरातमा सोही ठाउँमा छोडेर गएको भन्ने बयान दिएकी थिइन् ।

    तर, २४ घण्टा नबित्दै किशोरीले झुटो बयान दिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    ‘उनले ३ जनाले अपहरण गरेको र बलात्कार गरेको बताएकी थिइन्, तर त्यो झुट रहेछ’ डीएसपी क्षेत्रीले भने, ‘किशोरीले प्रेमी भेट्न गएको र घर फर्किन ढिला भएपछि परिवारको डरले नाटक गरेको खुलेको छ ।’

    किशोरीले परिवारकै अगाडी आफू अपहरणमा नपरेको र प्रेमीलाई भेट्न गएको स्वीकार गरिसकेको समेत प्रहरीले जनाएको छ ।

    प्रहरीले किशोरीका १५ वर्षीय प्रेमीलाई समेत नियन्त्रणमा लिएको छ । प्रेमी माथि जबरजस्ती करणी अन्तर्गत अनुसन्धान भइरहेको उनले बताए ।

    ‘किशोरीको उमेर कम छ त्यसैले जबरजस्ती करणी अन्तर्गत अनुसन्धान गरिरहेका छौं’ डीएसपी क्षेत्रीले बताए ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १२:३६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij