Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित ४ जना निर्वाचित

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित ४ जना निर्वाचित


  • 3.2K
    Shares

    लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित ४ जना निर्वाचित

    काठमाडौं । लक्ष्मी सनराइज बैंकमा मनोजकुमार भट्टराईसहित चारजना सञ्चालक निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका हुन् ।

    उनी बैंकका संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व हुन् । उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

    उक्त साधारण सभाले संस्थापक शेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण शेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।

    उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।

    प्रकाशित मिति :माघ ३ २०८० बुधवार - ०८:४४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij