२०८२ माघ ७ गते बुधवार
काठमाडौँ। गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा ‘फाइभ इन वान’ बचत खाता सेवा सार्वजनिक गरेको छ । यो सेवा अन्तर्गत एउटै खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयर र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने भएका हुन।
बैंकका अनुसार यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम हजारमा खाता खोली पहिलो बर्षाका लागि निःशुल्क सेवा अन्तर्गत मोबाइल बैंकिङ्ग, वेब बैंकिङ्ग, एटिएम , सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट सेयर ट्रेडिङ र मेरो शेयर खाता सञ्चालन गर्न पाउनुका साथै लकर सुविधामा ५० प्रतिशत प्रतिशतसम्म छुटको सुविधा पाउने छन्। यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकले गरिमा विकास बैंकको कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भा गरेको उल्लेख गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij