Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

दुर्घटना : तीनको मृत्यु, १० घाइते

दुर्घटना : तीनको मृत्यु, १० घाइते


  • 4.9K
    Shares

    दुर्घटना : तीनको मृत्यु, १० घाइते

    पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम मकवानपुरको हेटौंडा–नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६, सुनाचुरीमा रात्रीबस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा बसका ७ जना र ट्रकचालक, सहचालक र एक यात्रुसहित १० जना घाइते भएका छन् । उनीहरुको हेटौंडा र भरतपुरस्थित पुरानो मेडिकल कजेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    झापाको काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ५१४९ नम्बर बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना. ६ ख ८९ नम्बरको ट्रक शनिबार विहान करिब ३ बजे एकापसमा ठोकिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बसचालक पर्साको बीरगञ्ज–१५ बस्ने मदनकुमार थापाक्षेत्री, बसका यात्री भारतीय नागरिकद्वय करिब अभयलाल कुशवाह र सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    बसचालक र सुनिल कुमारको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । तीव्रगति र बाटोको अबस्थाका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । बसमा करिब ३५ यात्रु थिए ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १०:३५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij