Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

स्वास्थ्य शिविरबाट ४४४ लाभान्वित

स्वास्थ्य शिविरबाट ४४४ लाभान्वित


  • 5.2K
    Shares

    स्वास्थ्य शिविरबाट ४४४ लाभान्वित

    शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा शनिबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविर कार्यक्रमबाट ४४४ जना लाभान्वित भएका छन् । वडा नं ९ कार्यालयले आयोजना गरेको शिविरमा स्वास्थ्य सेवा लिन आएका बिरामीको निःशुल्क जाँच, महिलाको पाठेघर जाँच, आँखा जाँचसँगै निःशुल्करूपमा औषधि वितरण गरिएको छ ।

    शिविरमा आँखारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, एमडिजिपी, एमपिबिएमलगायतले सेवा प्रदान गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो । शिविरमा आँखा जाँच गराउन आएका २५० जनामध्ये कमजोर दृष्टि दोष रहेका १०० बिरामीलाई निःशुल्करूपमा चश्मा वितरण गरिएको छ । आँखामा मोतियाविन्दु भएका ३१ बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ ।

    शिविर सञ्चालनका लागि रु दुई लाख बजेटको व्यवस्था गरिएकामा रु एक लाख निःशुल्क औषधि वितरण गर्नका लागि खर्च भएको वडाध्यक्ष ऐरले बताउनुभयो ।

    आँखाको उपचार गर्न शिविरमा पुगेका ५० वर्षीय राजेन्द्र बोहराले घरआँगनमै सेवा पाउँदा निकै खुशी भएको बताउनुभयो । “आँखामा मासु पलाएको थियो”, उहाँले भन्नुभयो, “चिकित्सकसँग सल्लाह लिन पाएँ, निःशुल्क शल्यक्रिया हुने भएपछि सहज भएको छ ।”

    दुर्गम क्षेत्रमा रहेका सर्वसाधारणका लागि विशेषज्ञसहितको स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो । शिविरका माध्यमबाट अतिविपन्न अवस्थाका व्यक्ति बढी लाभान्वित भएको उहाँको भनाइ छ । शिविरमा वडा नं ९, १०, ११, ५, ४, ६, ७ र ८ का बासिन्दाले सेवा लिएका छन् । रासस

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १०:३१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij