Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न


  • 2.3K
    Shares

    नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस २३ गते हायत रिजेन्सी काठमाडौँमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२४ सम्पन्न गरेको छ । सन् २०२३ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको हो ।

    पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिन भित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए ।

    त्यस्तै कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण अभिकर्ताहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए ।

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - ०८:१३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij