Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

उज्यालो नहुँदै भएको डरलाग्दो दुर्घटनामा ३ जनाको मृत्यु, यी हुन् घाईते भएका १० जना

उज्यालो नहुँदै भएको डरलाग्दो दुर्घटनामा ३ जनाको मृत्यु, यी हुन् घाईते भएका १० जना


  • 8.8K
    Shares

    उज्यालो नहुँदै भएको डरलाग्दो दुर्घटनामा ३ जनाको मृत्यु, यी हुन् घाईते भएका १० जना

    मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुवै गाडीका गरी १० जना घाइते भएका छन्।

    प्रहरीका अनुसार हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक शनिबार बिहान ३ बजेतिर ठोक्किएका हुन्।

    दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    उनका अनुसार बसका चालक थापाको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो भनेकुशवाहलाई हेटौंडा अस्पताल तथा सुनिलकुमारलाई पुरानो मेडिकल पुर्याउनासाथ चिकित्कसले मृत घोषणा गरेका हुन्।

    दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन्। डीएसपी रिमालका अनुसार घाइते यसप्रकार छन् :

    ट्रकमा सवार घाइते : चालक धादिङ गुजरी गाउँपालिका-१ का २५ वर्षीय राम रोका, झापा बिर्तामोड नगरपालिका–४ का २९ सञ्जीव चौधरी, हेटौंडा उपमहानगरपालिका–३४ की सावित्रा राना मगर

    बसमा सवार यात्रु घाइते : बिहारका २८ वर्षीय अभिननदकुमार सिंह, ४५ वर्षीय यमुनाकुमार चौहान, बिहारकै २५ वर्षीय मेजरकुमार कुशवाहा, बिहार गोपालगन्जका ३५ वर्षीय दिलीपकुमार कुशावाहा, बिहारका ४२ वर्षीय राजनकुमार बर्मा, बिहार सिमनका ४७ वर्षीय दीपककुमार साह, धादिङ आदमघाट गाउँपालिकाका २८ वर्षीय राहुल मिजार छन्।

    प्रकाशित मिति :फाल्गुण २९ २०७७ शनिवार - ०९:३८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij