२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । काठमाडौंको बौद्धबाट ६ अर्ब रुपैयाँ बराबरको युरेनियमसहित पक्राउ परेका चारजनाविरुद्ध पाँच दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिन म्याद थपिएको हो ।
प्रहरीले दुई किलो ५०० ग्राम विस्फोटक पदार्थ युरेनियमसहित रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको थियो । शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij