२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । शुक्रबार नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५१२ मा पिसिआर गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार १७७ पुगेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij