Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल आइएमई बैंकको ‘थोरै ब्याजदरमा घरकर्जा योजना’, ग्राहकलाई के–के छ सुविधा ? 

ग्लोबल आइएमई बैंकको ‘थोरै ब्याजदरमा घरकर्जा योजना’, ग्राहकलाई के–के छ सुविधा ? 


  • 3.0K
    Shares

    ग्लोबल आइएमई बैंकको ‘थोरै ब्याजदरमा घरकर्जा योजना’, ग्राहकलाई के–के छ सुविधा ? 

    काठमाडौँ । ग्लोबल आइएमई बैंकको ‘थोरै ब्याजदरमा घरकर्जा योजना’ सार्वजनिक गरेको छ । उपयुक्त गाँस, बास र कपडाको व्यवस्था गर्ने कार्य कुनै पनि नागरिकको पहिलो प्राथमिकताको विषय हुन्छ । सोही विषयलाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सिमा भएको विशेष घर कर्जा (होमलोन) योजना सार्वजनिक गरेको हो । 

    बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । उक्त योजना उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरु भएको घर कर्जा जारी गरेको बैंकले हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित बनाउने देखिन्छ । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका  ग्राहकहरुले सहज रुपमा कर्जा सार्न स्वैप गर्न सक्ने बैंकले जनाएको छ । 

    यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

    बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ  । आफ्नो सपनाको घर निर्माण तथा खरिदको लागि ग्लोबल आइएमई बैंक धेरै मानिसहरुको रोजाईको बैंक बनेको छ । 

    बैंकले सार्वजनिक गरेको घर कर्जाले पछिल्लो समय घर जग्गा कारोबारमा थप उत्साह आउने देखिन्छ । धेरै मानिसहरुले आफ्नो एउटा घर बनाउने चाहाना हुन्छ । यस्तो चाहानालाई ग्लोबल आइएमई बैंकको यस घर कर्जाले थप सहजता बनाउने देखिन्छ । 

    साथै, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भएको घर कर्जाहरुलाई पनि सहज रुपमा ग्लोबल आइएमई बैंकमा सार्न सकिने छ । जसअन्तर्गत अन्य बैंकहरुमा विभिन्न कारण कर्जा सार्न खोजिरहेका मानिसहरुको लागि उक्त घर कर्जा धेरै मानिसहरुको रोजाईमा पर्न सक्छ । यसले गर्दा देशको ठुलो बैंकमा बैंकिङ्ग कारोबार गर्न पाउने अवसर पनि हुनेछ ।  

    सन् २००७ मा स्थापना भएर सफल १६ वर्ष पुरा गरेको ग्लोबल आइएमइ बैंकले सफलताको उच्चबिन्दुमा आइपुग्न कडा मिहिनेत, धैर्यता एवं लगनशिलता लाई आत्मसाथ गरेको छ । सन् २०१२ मा तत्कालिन ’क’ वर्गको ग्लोबल बैंक र ’ग’ वर्गको फाइनान्सहरु आइएमई फाइनान्स साथै लर्ड बुद्ध फाइनान्स कम्पनी संग एकता गरेर ग्लोबल आइएमई बैंक बनेको हो । 

    त्यसपछि, क्रमशः २०१३ मा ’ख’ वर्गको सोसियल डेभलपमेन्ट बैंक र गुल्मी बिकास बैंक, २०१४ मा ’क’ बर्ग कै कमर्ज र ट्रस्ट बैंक, २०१५/१६ मा ’ख’ बर्ग को पेसिफिक डेभलपमेन्ट बैंक र रिलायवल डेभलपमेन्ट बैंक, २०१९/२० मा ’ग’ बर्गको हाथओए फाइनान्स र तत्कालिन ’क’ बर्गको जनता बैंक नेपाल लि बिच एकता गर्दै सन् २०२३, जनवरि ९ मा ’क’ बर्गको बैंक अफ काठमाण्डू लिमिटेड संग एकता गर्दै नेपालको सबैभन्दा ठुलो चुक्ता पुँजी भएको ’क’ बर्गमध्यको पहिलो नम्बरको बैंंक बन्न सफल भयो ।

    प्रकाशित मिति :पौष १३ २०८० शुक्रवार - ०८:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij