Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

भागरथी हत्याका अभियुक्त दिनेश बाल सुधारगृहमा

भागरथी हत्याका अभियुक्त दिनेश बाल सुधारगृहमा


  • 15.2K
    Shares

    भागरथी हत्याका अभियुक्त दिनेश बाल सुधारगृहमा
    images

    बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ ।

    जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो । सरकारी वकिलको कार्यालयले भट्टलाई अदालत पेस गरेकोमा अदालतले उनलाई सुधारगृह लैजान आदेश दिएको हो ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकीमा रहेको सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशले बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ ।

    भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १३:५२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij