Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

जाडोमा धेरै हिटर बाल्दा हुन सक्छ यस्तो नोक्सानी

जाडोमा धेरै हिटर बाल्दा हुन सक्छ यस्तो नोक्सानी


  • 3.0K
    Shares

    • images
    जाडोमा धेरै हिटर बाल्दा हुन सक्छ यस्तो नोक्सानी
    images

    काठमाडौँ । देशभर नै चिसो बढ्दै गइरहेको छ । जाडोबाट बच्न धेरैले घरमा हिटर बाल्छन् । तर, हिटरको अत्यधिक प्रयोगले विभिन्न नोक्सानी पनि हुन सक्छन् । यसबारेमा पनि समयमै ध्यान पुर्‍याउनु पर्छ ।

    जाडोमा पहिले नै हावा कडा तथा रुखो खालको हुन्छ । यस्तोमा दिनभर वा लामो समय कोठामा हिटर बाल्नुभयो भने हावामा पानीको मात्रा कम हुन्छ जसले गर्दा सुख्खापनको समस्या हुन्छ ।

    हिटरको निरन्तर आउने तातो हावाले तपाईंको छाला सुख्खा हुने तथा चिलाउने समस्या हुन सक्छ । तपाईंको छाला संवेदनशील छ भने दाग तथा रातो धर्सा पनि आउन सक्छन् ।

    केही हिटरहरुले कार्बन मोनोअक्साइड छोड्ने गर्छन् । तपाईंको कोठामा राम्रोसँग हावा पास हुँदैन र रातभर हिटर बालेर सुत्नुहुन्छ भने स्वास्थ्यका लागि एकदमै खतरनाक हुन सक्छ ।

    यस्तोमा स्वासप्रस्वास सम्बन्धी समस्या जस्तै दम, एलर्जी लगायत अन्य गम्भीर समस्या पनि हुन सक्छन् । कतिपयको त ज्यान नै पनि जान सक्छ ।

    तातो कोठामा बस्नु राम्रो तथा आनन्ददायी त हुन्छ तर, तातोबाट तपाईं बाहिर निस्कनु भयो भने चिसो महसुस हुन्छ । जसले गर्दा शरीरमा पटक-पटक तापक्रम परिवर्तन हुँदा रोग प्रतिरोधक क्षमतामा नराम्रो प्रभाव पर्न सक्छ ।

    रुम हिटरबाट उत्पन्न हुने तातो हावामा लामो समय बस्दा आँखामा पनि समस्या देखिन्छ । यसले आँखा पोल्ने, चिलाउने तथा हेर्दा असुविधा हुने खालको समस्या आउँछ ।

    त्यस्तै हिटरबाट आउने तातोले घरपालुवा जनावरलाई पनि नराम्रो असर गर्दछ । यसले विभिन्न एलर्जी र छाला सुख्खा हुने समस्या आउँछ ।

    प्रकाशित मिति :पौष १२ २०८० बिहिवार - ११:५८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij