२०८२ भाद्र २२ गते आइतवार
भारतको नयाँ दिल्ली स्थित जिबी रोड ५६ नं गल्लीमा कोठी संचालन गरी बस्ने बर्ष ६२ की (चमेली) सिता तामाङ भन्ने रुकमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मानव वेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोट साविक गाउँखर्क ८ हाल दुप्चेश्वर नगरपालीका वडा नं २ घरकी तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले विदुर नगरपालीका बाट पक्राउ गरी काठमाडौं अदालतबाट दिन ७ को म्याद लिई थप अनुसन्धान शुरु गरेको छ ।
जाहेरवाली महिलाले चमेलीलाई चितवनमा चिनजानको मानिसको घरमा काम लगाइ दिन्छु भनि काठमाण्डौको कलंकीबाट बसमा चढाई साथमा लैजाने क्रममा पानीमा बेहोस हुने औषधी मिलाई जाहेरवालीलाई खुवाई वेहोश बनाए पश्चात भारतको नयाँदिल्ली रुकमाया तामाङले संचालन गरेको कोठीमा लगि बिक्री गरेकी थिइन् ।
तामाङले जाहेरवालीलाई बन्धक बनाई राखी जबरजस्ती बेश्यावृतिमा लगाएको प्रहरीको भनाई छ । उनलाइ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारवाही हुने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij