Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अब एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

अब एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने


  • 2.9K
    Shares

    अब एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

    काठमाडौँ । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग एक सम्झौता गरेको छ । 

    जसअनुसार अब एनएमबि बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल अनलाइनबाट तिर्न सक्ने भएका छन् ।

    हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । 

    सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष  प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो । 

    बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ।  

    प्रकाशित मिति :पौष ९ २०८० सोमवार - ०८:५८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij