Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

यस्तो छ ग्रामीण भेगको अवस्था, रूख चढेरै फोन गर्छन् गाउँपालिका अध्यक्ष

यस्तो छ ग्रामीण भेगको अवस्था, रूख चढेरै फोन गर्छन् गाउँपालिका अध्यक्ष


  • 6.3K
    Shares

    यस्तो छ ग्रामीण भेगको अवस्था, रूख चढेरै फोन गर्छन् गाउँपालिका अध्यक्ष
    images

    हुम्ला । हुम्लाको विकट चंखेली गाउँपालिकामा भरपर्दो फोन सेवा नहुँदा गाउँबासी करिब २ घण्टाको बाटो हिँड्नुपर्ने बाध्यतामा छन् ।

    ६ वटा वडा भएको गाउँपालिकाको नेप्कामा अहिलेसम्म टेलिफोनका टावर नै नराखिँदा त्यहाँका स्थानीयलाई फोन, मोबाइल के हो भन्ने थाहासमेत छैन । 

    पछिल्लो समय बल्ल त्यहाँ टेलिफोन टावरका सामग्री आइपुगेकाले बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले बताए ।

    भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा २०६६ मा एउटा मात्र नेपाल टेलिकमको टावर मेल्छामको वडा नम्बर ५ मासिधारमा ठड्याइएको थियो ।

    उक्त टावरको क्षमता कम भएकाले सीमित मात्रामा फोन सेवा लिन सकिन्थ्यो । अहिले उक्त टावर पूर्ण रूपमा बन्द हुँदा २ घण्टाको पैदल बाटो हिँडेरै रूखको टुप्पोमा गएर फोन गर्नुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए ।

    ‘टेलिफोन नभए पनि इन्टरनेट सेवा छ तर अत्यन्तै सुस्त’, चौलागाईं भन्छन्, स्थानीयले फोन सेवा पाउनु त परको कुरा । म आफैं गाउँपालिका अध्यक्षले समेत २ घण्टाको बाटो हिँडेर अग्लो ठाउँमा गएर फोन गर्नुपर्छ । त्यो पनि घाम लागेका बेला काम गर्छ घाम नलागे फोन टिप्दैन ।’

    पानी परे, हावा–हुरी लागे तथा हिमपात भए टेलिफोन सेवा पूरै ठप्प हुने गरेको उनले बताए । टेलिकमलाई फोनका लागि आग्रह गरिए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

    ‘गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेपछि धेरै पटक सञ्चार मन्त्रालय, नेपाल टेलिकममा धाउँदाधाउँदै हैरान भइयो । सम्बन्धित निकायले हुन्छ–हुन्छन् भन्छन् तर काम कहिल्यै गर्दैनन्’, उनले भने ।

    यस विषयमा जिल्ला प्रशासन कार्यालय, टेलिकमलगायत सम्बन्धित निकायलाई जानकारी गराइसकिए पनि टावर मर्मतका लागि कोही टोली नखटाएको उनले सुनाए । चौलागाईंका अनुसार सम्बन्धित निकायमा जाँदा भिस्याट विस्तार गर्ने नेपाल सरकारको रणनीति भएकाले नयाँ टावर विस्तार नगरिने जवाफ आएको उनले बताए । 

    फोरजी विस्तारका लागि देशैभर ५६ वटा टावरको टेन्डर भइसकेको र नेप्कामा पनि जडान गरिने आश्वास आएको २ वर्ष बितिसके पनि अझैसम्म नबनेको उनको गुनासो छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - ११:३३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij