Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कारले ठक्करदिँदा पैदल यात्रीको मृत्यु

कारले ठक्करदिँदा पैदल यात्रीको मृत्यु


  • 4.9K
    Shares

    कारले ठक्करदिँदा पैदल यात्रीको मृत्यु

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा कारको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित कान्द्रा पुल नजिकै बा १४ च १७२२ को कारले ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

    गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै कारको ठक्करबाट अर्का पैदल यात्री घोडाघोडी १० कै १५ वर्षीय गणेश रावल घाइते भएका छन् ।

    उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । गाडीे र चालक प्रकाशबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १०:२१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij