Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

झापा कारागारमा थपिँदै नयाँ भवन

झापा कारागारमा थपिँदै नयाँ भवन


  • 7.8K
    Shares

    झापा कारागारमा थपिँदै नयाँ भवन

    झापा । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गर्नुभयो ।

    हालको कारागार भवनको दक्षिणको खाली परिसरमा पर्खाल लगाएर नयाँ भवन थप्न लागिएको हो । तीन सय ५०  कैदीबन्दी अट्ने क्षमताको बन्न लागेको दुईतले भवनको भुइँतला पक्की र माथ्लो तला टिनको छानाको हुने बताइएको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा साढे चार दशकअघि बनेको  कारागारमा हाल एक हजार १८४  कैदीबन्दी छन् । तीमध्ये एक हजार ११६ पुरुष, ६४ महिला र चार बालबालिका छन्  कारागार ३५० जनासम्मका लागि हो ।

    कारागारको प्रशासनिक भवन बनाउन सङ्घीय सरकारले कारागार व्यवस्थापन विभागअन्तर्गत पठाएको रु ६४ लाख बजेट संशोधन गरेर कैदीबन्दी बस्ने भवन निर्माणमा खर्च गर्न लागिएको प्रजिअ तिम्सिनाले बताउनुभयो । चालु आर्थिक वर्षसम्ममा भवन निर्माण गरिसक्ने गरी निर्माण व्यवसायी नन्द कन्स्ट्रक्सन काठमाडौंँले गत साता ठेक्का सम्झौता गरेको कारागार प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । 

    पुरानो भइसकेको जीर्ण झापा कारागार भवन भत्काएर नयाँ बनाउनुपर्ने वा अन्यत्र स्थानान्तरण गरिनुपर्ने आवाज धेरै पहिलेदेखि उठ्दै आएको छ । साँघुरो क्षेत्रमा भएको हुँदा कैदीबन्दीलाई बस्न, सुत्न र हिँडडुल गर्नै अप्ठ्यारो छ । बर्खामा पुरानो भवनको छतबाट पानी चुहिन थालेकाले गत वर्ष छतमाथि टिनको छानोसमेत लगाइएको थियो ।

    “बजेट चाहिँ प्रशासनिक भवनका लागि आएको हो,” प्रजिअ तिम्सिनाले भन्नुभयो, “तर बडो दुःखकष्टका साथ बसिरहनुभएका कैदीबन्दीको अवस्था बुझेर मानवीय हिसाबले नै बजेट संशोधन गरी कैदीबन्दी बस्ने भवन बनाउन शुरु गरिएको हो ।” झापा कारागारलाई तीन किलोमिटर पश्चिममा रहेको प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीको १० बिघा जग्गामा भविष्यमा स्थानान्तरण गर्न सरकारले तयारी गरिरहेको छ । कारागारभित्रै आयोजना गरिएको शिलान्यास कार्यक्रममा कैदीबन्दीको समेत उपस्थिति थियो ।रासस

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - १६:१३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij