Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

फालोटमा बिओपी स्थापना

फालोटमा बिओपी स्थापना


  • 6.7K
    Shares

    • images
    फालोटमा बिओपी स्थापना
    images

    फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९  सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताउनुभयो । 

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बिओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ सयौँ बिओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालेको बताउनुभयो ।
     
    मन्त्री नेम्वाङले सीमित स्रोत साधनको उपलब्धता हुँदासमेत धेरै बिओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सबल बनाउन र  छिमेकीमुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको बताउँदै पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वद्र्धनमा थालिएको पहल दूरगामी महत्वको रहेको जनाउनुभयो ।

    एकैसाथ धेरै स्थानीय तहमा अस्पताल निर्माण गरिनु, सयौँ विद्यालयमा आइसिटी ल्याब स्थापना गरिनुलगायतले सरकार सबै क्षेत्रको समग्र विकासमा अग्रसर रहेको स्पष्ट भएको उहाँको भनाइ थियो । रासस

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १६:५९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij