Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल टेलिकमद्वारा प्रिपेड र पोस्टपेड दुवै सिममा नयाँ सुविधा थप

नेपाल टेलिकमद्वारा प्रिपेड र पोस्टपेड दुवै सिममा नयाँ सुविधा थप


  • 7.1K
    Shares

    नेपाल टेलिकमद्वारा प्रिपेड र पोस्टपेड दुवै सिममा नयाँ सुविधा थप

    काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ। त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाईसमेत नयाँ सिम उपलब्ध गराइने र रिचार्ज गर्दा पाइने बोनस सुविधासमेत थप गरिएको नेपाल टेलिकमले जनाएको छ। 

    नयाँ सिममा थप सुविधा

    रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत् ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ। तर अब सो सिमकार्डमार्फत् १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ। यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ। पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुनेछ। 

    कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम

    कक्षा ८, ९ र १० का विद्यार्थीलाईसमेत उसको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ। सो सिमकार्डमासमेत नयाँ सुविधा उपलब्ध हुनेछ। 

    नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ। सो सिमकार्डमा पनि रु. १० ब्यालेन्स हुनेछ।

    डाटा बोनस

    विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत् प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ। अब रु. १०० को रिचार्ज गर्दासमेत डाटा बोनस उपलब्ध हुनेछ। 

    यस अनुसार एमपोसमार्फत् रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ। 

    त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ। 

    यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ। नेपाल टेलिकमले विभिन्न चाडपर्व र अन्य अवसरमा समेत सेवाग्राहीका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ। यसैको निरन्तरताको रुपमा उपलब्ध हुने नयाँ सुविधाबाट सेवाग्राहीले थप लाभ लिन सक्ने कम्पनीको अपेक्षा छ।

    प्रकाशित मिति :मंसिर २९ २०८० शुक्रवार - ०७:१९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij