Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कर्णाली प्रदेशले माग्यो करारमा २७ चिकित्सक

कर्णाली प्रदेशले माग्यो करारमा २७ चिकित्सक


  • 2.6K
    Shares

    • images
    कर्णाली प्रदेशले माग्यो करारमा २७ चिकित्सक
    images

    कर्णाली प्रदेश सरकारले करारमा नवौँ तहका २७ चिकित्सक माग गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै करारमा चिकित्सकहरूको माग गरेको हो।

    कर्णाली प्रदेशका विभिन्न आठ वटा जिल्लाका लागि स्वास्थ्य सेवातर्फ नवौँ तहका २७ जना चिकित्सकहरू माग गरिएको छ।

    मन्त्रालय कर्णाली प्रदेश मातहतका स्वास्थ्य सेवा कार्यालयहरूमा रिक्त रहेका विभिन्न प्राविधिक पदहरूका लागि विज्ञापन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार मुगुमा तीन, कालीकोटमा दुई, रुकुमपश्चिमा तीन, सल्यानमा दुई, दैलेखमा छ, जाजरकोटमा पाच, डोल्पामा तीन र हुम्लामा तीन गरि जम्मा २७ कोठा रहेका छन्।

    यस्तै, कन्सल्टेन्ट जनरल सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलिष्ट, कन्सल्टेन्ट जनरल फजिसियन, कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एन्ड गाइनिकोलोजिष्ट र कन्सल्टेन्ट पिडियाट्रिसयिनमा पदमा विज्ञापन गरिएको छ।

    यस्तै, उक्त विज्ञापनमा दरखास्त दिने उम्मेदवारहरूले १५ दिनभित्र कार्यालय समयभित्र सामाजिक विकास मन्त्रालयमा दरखास्त दिनुपर्ने छ भने दरखास्त बापत कुनै शूल्क नलाग्ने मन्त्रालयले जनाएको छ।

    यसरी करारमा भर्ना भएका कर्मचारीहरुको भने लोकसेवा आयोगबाट पदपूर्तिका लागि सिफारिस भइ आएमा वा स्थायी कर्मचारी खटिई आएमा वा अन्य व्यवस्था भएमा स्वतः पद जाने मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :मंसिर २८ २०८० बिहिवार - १६:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij