Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पश्चिमी वायुको प्रभावका कारण आज केही ठाउँमा वर्षा र हिमपात हुने

पश्चिमी वायुको प्रभावका कारण आज केही ठाउँमा वर्षा र हिमपात हुने


  • 14.3K
    Shares

    पश्चिमी वायुको प्रभावका कारण आज केही ठाउँमा वर्षा र हिमपात हुने

    काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण बुधबार (आज) देशका केही ठाउँमा वर्षा र हिमपात हुने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

    पश्चिमी वायुको प्रभाव धेरै परेको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने उहाँले बताउनुभयो ।

    अहिले पश्चिमी वायु पूर्वी क्षेत्रमा सर्ने क्रममा रहेकाले राति पूर्वी क्षेत्रको मौसम पनि बदली हुनेछ । मध्य क्षेत्रमा भने मौसम बदली भए पनि पानी नपर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

    पश्चिमी वायुको प्रभावकै कारण बिहीबार बेलुकासम्म देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बदली हुने पूर्वानुमान गरिएको छ । 

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १६:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij