Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

यात्रु बस दुर्घटना : २ को मृत्यु, १६ घाइते

यात्रु बस दुर्घटना : २ को मृत्यु, १६ घाइते


  • 5.0K
    Shares

    यात्रु बस दुर्घटना : २ को मृत्यु, १६  घाइते

    दैलेख । दैलेखमा यात्रु बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    बिहीबार कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस दुर्घटनामा परेको हो । अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल बस खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिए ।

    बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।

    बसमा तीनजना प्रहरी पनि सवार रहेकोमा प्रहरी जवान रमेश चौधरी समेत गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - १४:०५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij