२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ३५ जना कोरोना संक्रमित फेला परेका छन् । जस्मा ३ सय ५० महिला र पुरुष ४ सय ८५ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ३५ जना कोरोना संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ७ हजार १ सय ९८ पुगेको छ ।
योसंगै काठमाडौंमा ८५ हजार १ सय ५२ जना, ललितपुरमा १२ हजार ६ सय ९०, भक्तपुरमा ७ हजार ६ सय ७५ जना संक्रमित पुगेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij