२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको मंसिर २२ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर २२ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
रिलायबल सावधिक जीवन बीमालेखमा कम्पनीले ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६२ रुपैयाँ बोनसदर तोकेको छ । २० वर्ष वा सो भन्दा माथिको लागि सावधिक जीवन बीमालेख गर्नेलाई प्रतिहजार ७० रुपैयाँ बोनस दिने भएको हो ।
कम्पनीका अनुसार ५ वर्षदेखि ९ वर्ष अवधिसम्मका ४२ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ७६ वटा र १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका २८९ वटा र २० वर्ष माथि अवधिका १९२ वटा बीमालेख बिक्री गरेको छ ।
लघु सावधिक जीवन बीमालेख योजनाको सबै बीमा अवधिमा प्रतिहजार ३० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । साथै, कम्पनीले यस योजनाका ३ हजार ३४६ वटा बीमालेख बिक्री गरेको छ ।
कुन योजनामा कति पाइन्छ ?

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij