Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज महाशिवरात्रि, यस्तो देखियो पशुपतिको रमझम (फोटो फिचर)

आज महाशिवरात्रि, यस्तो देखियो पशुपतिको रमझम (फोटो फिचर)


  • 17.8K
    Shares

    आज महाशिवरात्रि, यस्तो देखियो पशुपतिको रमझम (फोटो फिचर)

    काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ । भक्तनहरूको घुइँचो लागेको छ । पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ ।

    ma.jpg

    नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । शिवरात्रिमा भारतीय भक्तजन पनि उल्लेख्य हुने गरेका छन् ।

    maaaa.jpg

    हिन्दूहरूले विभिन्न शिव मन्दिरहरू पुगेर आराधना, भजन–किर्तन गरेर र जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउँछन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने परम्परा छ । यस रातलाई हिन्दू धर्मावलम्बीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रुपमा लिने गर्छन् ।

    maaa.jpg

    मनिसहरुले जानेर वा नजानेर शिवरात्रिको व्रत सम्पन्न गरे पनि मुक्ति मिल्ने पुराणमा उल्लेख छ । हिन्दू धर्मशास्त्रमा भगवान् शिको उत्पत्ति फाल्गुण कृष्णचतुर्दशीकै दिन भएको मानिन्छ । पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोषले आवश्यक व्यवस्थापन गरिएको जनाएको छ ।

    maaaaa.jpg

    कोरोना महामारीका कारण यसपालि मन्दिर प्रवेशमा मास्क अनिवार्य गरिएको छ ।  यस दिन पशुपति क्षेत्रमा विशेष घुइँचो हुने भएकाले वरपरका क्षेत्रसम्म सवारी साधन प्रवेशमा कडाइ गरिएको छ ।

    maaaaaa.jpg

    पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि करिब १०० मात्र रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गरेको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेकोमा यस वर्ष कोरोनाका कारण संख्या घटेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

    maaaaaaa.jpg

    कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले लाइनमा बसेका श्रद्धालुहरूलाई आधा घण्टामा नै मूल मन्दिर प्रवेश गर्न सक्ने गरी व्यवस्था गरिएको जानकारी दिए ।

    यसवर्ष शिवरात्रिमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति आउनेबारे बिहानसम्म कोषलाई जानकारी नभएको खतिवडाले बताए ।

     

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - ११:३३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij