Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माछापुच्छ्रे बैंकको सहायक कम्पनी ‘माछापुच्छ्रे सेक्युरिटीज’को उद्घाटन

माछापुच्छ्रे बैंकको सहायक कम्पनी ‘माछापुच्छ्रे सेक्युरिटीज’को उद्घाटन


  • 2.3K
    Shares

    माछापुच्छ्रे बैंकको सहायक कम्पनी ‘माछापुच्छ्रे सेक्युरिटीज’को उद्घाटन

    काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक उट्घाटन गरिएको छ । 

    काठमाडौँको जमलस्थित नेपाल चेम्बरको भवनमा कार्यालय रहने गरी सेक्युरिटिजको औपचारिक उद्घाटन गरिएको हो ।

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

    धितोपत्र बजारमा यो कम्पनीले महत्त्वपूर्ण योगदान गर्ने केसीको विश्वास छ । धितोपत्र बजार पुँजी परिचालन गर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले यो कम्पनीले सहयोगीको भूमिका खोल्ने केसीले बताए । अहिले तरलता सुधारतर्फ उन्मुख भएको भन्दै पुँजीबजारमा सुनौलो दिन आउने उनले आशा व्यक्त गरे ।

    यो सेक्युरिटिजमा माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्व छ । सेक्युरिटिजले ब्रोकरको मात्र कारोबार गर्न अनुमति पाएको हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।

    प्रकाशित मिति :मंसिर २२ २०८० शुक्रवार - ०७:४४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij