Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आयुर्वेद चिकित्सालय, नरदेवीलाई ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार’

आयुर्वेद चिकित्सालय, नरदेवीलाई ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार’


  • 2.9K
    Shares

    • images
    आयुर्वेद चिकित्सालय, नरदेवीलाई ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार’
    images

    काठमाडौँ ।  ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार–२०७९’ आयुर्वेद चिकित्सालय, नरदेवी काठमाडौँलाई प्रदान गरिएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु दुई लाख राशिको सो पुरस्कार प्रदान गरे ।

    त्यसैगरी दुई लाख राशिको ‘प्रकृति संरक्षण पुरस्कार’ पक्षी संरक्षण सङ्घ, लाजिम्पाट, काठमाडौँलाई, एक लाख राशिको ‘विज्ञान पुरकार’ डा।नवल श्रेष्ठ (विराटनगर) लाई र रु एक लाख राशिको ‘प्रविधि पुरस्कार’ डा बालकृष्ण बल ९भोजपुर० लाई प्रदान गरिएको छ ।

    ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ डा सुप्रिया शर्मा, डा देवराज अधिकारी र डा मुक्तिराम पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ७५ हजार रहेको छ । त्यसैगरी रु ७५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ डा।शान्ता पोखरेल, ५० हजार रासीको ‘प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार’ डा।भूपेन्द्र दास र डा।गोकर्णजङ्ग थापालाई र रु ५० हजार राशिको ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’ पत्रकार अतुल मिश्रलाई प्रदान गरिएको ।

    प्रतिष्ठानले अन्य विभिन्न विद्याका पुरस्कारसमेत प्रदान गरेको छ ।

    प्रकाशित मिति :मंसिर २१ २०८० बिहिवार - १२:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij