Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आजको मौसम: यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम: यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना


  • 3.0K
    Shares

    • images
    आजको मौसम: यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको 'मिचाउङ' नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    बुधबार बिहान कोशी प्रदेश, मधेश प्रदेश साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ महाशाखाले अद्यावधिक गरेको छ।

    दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहनेछ।

    त्यस्तै,कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

    राति कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी प्रदेशका र मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रकाशित मिति :मंसिर २० २०८० बुधवार - ०६:२१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij