२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
३ हजार ४८८ स्वाब नमूना परीक्षण गराउँदा १०४ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ४६ महिला ५८ पुरुष छन्। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ।
यस्तै बुधबार थप ६३ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर ९११ सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु एको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij