Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आईएमई लाइफ इन्योरेन्सद्वारा टिकापुरमा कर्मचारीका लागि तालिम सञ्चालन

आईएमई लाइफ इन्योरेन्सद्वारा टिकापुरमा कर्मचारीका लागि तालिम सञ्चालन


  • 2.1K
    Shares

    आईएमई लाइफ इन्योरेन्सद्वारा टिकापुरमा कर्मचारीका लागि तालिम सञ्चालन

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आइतबार तालिम प्रदान गरेको छ।

    तालिममा सम्पत्ति शुद्धीकरणको कानुनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएमटी÷सीएफटीका महत्व र लक्ष्यहरु, मनी लाउन्डरिङका घटनाहरु, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनी लाउन्डरिङका घटनाहरु, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टिङको पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमांकन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गीकरण, वित्तीय जोखिमांकनको चरण, कम्पनीको भूमिका कारबाही तथा सजायलगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिइएको थियो।

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरुको उपस्थितमा तालिम सञ्चालन गरिएको थियो।

    प्रकाशित मिति :मंसिर १८ २०८० सोमवार - ०८:३७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij