२०८२ भाद्र ८ गते आइतवार
महोत्तरी । ६ वर्षीया बालिका हत्याको विरोधमा स्थानीय प्रशासनको निषेधाज्ञाका बीच महोत्तरीको बर्दिबासमा बुधबार प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदर्शनकारीले बर्दिबासका नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा झडप भएको हो । सो क्रममा प्रहरीले दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीको भिडलाई तितरबितर पारेको छ ।
यसैबीच बर्दिबास घटनाको विरोधमा सदरमुकाम जलेश्वरमा समेत प्रदर्शन भएको छ । स्थानीय युवाहरुले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij