२०८२ फाल्गुण २६ गते मंगलवार
काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त रहेको ४ वटा निर्देशकको पदका लागि आवेदन दिएकामध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट)मा परेको छ।
आयोगको नाम सिफारसि समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि उच्च नम्बर प्राप्त गर्ने १२ जनालाई सर्ट लिस्ट गरेको हो।
सर्ट लिस्टमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन्।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले अघिल्लो मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो। समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
यी हुन् सर्ट लिस्टमा परेका १२ जना:

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij