Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजको मौसम: देशभरको मौसम बदली, उच्च भू-भागमा हिमपातको सम्भावना

आजको मौसम: देशभरको मौसम बदली, उच्च भू-भागमा हिमपातको सम्भावना


  • 3.1K
    Shares

    आजको मौसम: देशभरको मौसम बदली, उच्च भू-भागमा हिमपातको सम्भावना

    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखि सामान्य बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज (शनिबार) दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    शनिबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। 

    हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने चिसोको असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।

     

    प्रकाशित मिति :मंसिर १६ २०८० शनिवार - ०६:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij