२०८२ भाद्र ७ गते शनिवार
जाजरकोटवासीको पीडामा थोरै भए पनि मल्हमपट्टी लगाउने हेतुले भूकम्पीय केन्द्र रहेको जाजरकोटको बारेकोट गा.पा. पुगेकी छिन् स्वीस नागरिक क्यारिन मोइक्स । त्यहाँका स्थानीय प्रभावित जनतालाई उनले ज्याकेट, कम्बल, प्यान्ट्स, टोपी, शैक्षिक सामग्री, रूमाल, मोजा, जुत्ता, त्रिपाल जस्ता जाडो छल्न अत्यावश्यक सामग्री वितरण गरेकी हुन् ।
उत्प्रेरकको भूमिका निर्वाह गरेका सिन्धुवासी युवा समाजसेवी राजु शर्माका अनुसार, मोइक्सलाई स्वागत गर्न तथा आभार व्यक्त गर्न बारेकोट- १, सिल्पाचौरमा गा.पा. अध्यक्ष वीरवहादुर गिरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभात चलाउनेलगायतका व्यक्तित्वहरू समुपस्थित थिए ।
शर्माले बताए अनुसार क्यारिनले त्यहाँ करिब पैँसट्ठी लाख बराबरको राहत सामग्री वितरण गरेकी थिइन् । उनले स्थानीय सञ्चारकर्मीलाई अत्यन्त दर्दनाक अवस्था अनुभूत भएको प्रतिक्रिया दिइन् । यस्तो दृश्य त उनले फगत चलचित्रमा मात्र देखेको उनको कथन थियो । उनले 'एसोसियसन सुमो माया गर्छु' संस्थामार्फत राहत वितरण गरेकी हुन् जसको प्रमुख उनी आफैँ छिन् ।
क्यारिनले सुमो माया पदयात्राकी उनकी सहयोगी भएकी र वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा उनको निधन भएको थियो । सोही असामयिक एवम् अनपेक्षित मृत्युबाट आहत भएकी क्यारिनले उनको चिरस्मरणका निम्ति एउटा संस्था स्थापना गर्ने निधो गरिन् । सुमो माया गर्छु यसैको प्रतिरूप हो । यो चिसो मौसममा भूकम्पबाट प्रताडित स्थानीयजनलाई राहत दिन उत्प्रेरकको भूमिका भने राजु शर्मालगायत अन्य सचेत युवाले गरेको क्यारिनको कथन छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij